५ आश्विन २०८३, सोमबार | September 21, 2026

लमजुङ जिल्ला अस्पतालमा पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार



लमजुङ । बेसीशहर स्थित लमजुङ जिल्ला अस्पतालले पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)को सहयोगमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान गरेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

अन्तरङ्ग सेवा, बहिरङ्ग सेवा, आकस्मिक सेवा, ल्याव सेवा, एक्स-रे लगायतका सेवा निःशुल्क गरेको प्रशासन प्रमुख श्रेष्ठले बताए । उक्त स्वास्थ्य सेवाका लागि बालवालिकाकाको अभिभावकले जन्मदर्ताको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

अस्पतालमा करिव एक सातादेखि यो कार्यक्रम भएको जनाएको छ । उक्त कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुने जनाइएको छ । यस्तै, लमजुङमा क्रियाशील पत्रकारहरूका लागि बहिरङ्ग सेवामा ५० प्रतिशत छुट दिँदै आएको छ ।

गरिब, विपन्न व्यक्तिका साथै वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई पनि अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रशासन प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : ३४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन