१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच आज पनि भेटवार्ता हुँदै, विवाद समाधान कार्यदलले पूर्णता पाउने



काठमाडौं । नेकपा एमालेको सांगठानिक संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा पु¥याउनका लागि बन्ने भनिएको कार्यदलको बिषय टुङ्ग्याउन आज पनि प्रधानमन्त्री केपी ओली र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ । एमालेभित्रको विवाद समाधान गर्ने मुख्य एजेण्डा बनाईएको कार्यदलका सदस्यहरुको टुङ्गो लगाउन अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुने भएको हो ।

गत शुक्रबार दुवैतर्फका नेतासहित भएको छलफलमा एमालेको २०७५ जेठ २ गतेको सांगठानिक अवस्थालाई ब्युँताउने सहमती भएको थियो । सहमती कार्यान्वयन गर्न कार्यदल बनाउने र कार्यदलमा बस्ने सदस्यहरुको नामको टुङ्गो लगाउने जिम्मा ओली र नेपाललाई दिईएको थियो ।

आज दिउँसो दुईनेताबीच बैठक हुने निश्चित भएपनि समय र स्थान भने तय भईनसकेको प्रधानमन्त्री स्रोतले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : ४७ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,