५ आश्विन २०८३, सोमबार | September 21, 2026

लमजुङमा एक कोरोना सङ्क्रमित महिलाको मृत्यु



लमजुङ । लमजुङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल लमजुङमा उपचाररत दोर्दी गाउँपालिका-८ की ४६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार अस्पताल भर्ना भएकी महिलाको उपचारकाे क्रममा शनिबार साँझ साँढे ६ बजे मृत्यु भएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनी लामो समयदेखि स्तन क्यान्सरबाट पिडित थिइन । उनले स्तन क्यान्सरको उपचार गराउँदै आएकी थिइन । क्यान्सरको फोर्थ स्टेजमा पुगेकीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेशनमा भर्ना गरेर उपचार गराइरहेको प्रमुख श्रेष्ठले बताए ।

कोरोनाको दोस्रो लहर चलेपछि लमजुङमा यसअघि २ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसंगै लमजुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ११ : २७ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन