१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रहेनन् ‘तिजको रहर आयो बरिलै’का सर्जक चेतन कार्की



काठमाडौं । वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको कोरोना संक्रमणका कारण ८३ वर्षको उमेरमा निधन भएको छ।

कोभिड–१९ बाट संक्रमित भएपछि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको आइतबार बिहान निधन भएको स‌‌गीतकार आभास आभासले जनाएका छन् । आज बिहान साढे १० बजेतिर निधन भएको हो ।

कोरोना संक्रमणका कारण कार्कीको परिवारका अन्य सदस्यहरु आइसोलेसनमा छन्। कार्कीको परिवारमा श्रीमती र दुई छोरा छन्।

कार्कीले उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोकप्रिय गीत रचना गरेका थिए।

विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता फिल्मको निर्देशन गरेका उनले थुप्रै फिल्मको स्क्रिप्ट र गीत लेखेका छन् । उनले कलाकार तथा निर्देशक नीर शाहको पहिलो फिल्म ‘परिर्वतन’ देखि स्क्रिप्ट लेखन सुरु गरेका थिए ।

जून निदाउन थाल्यो, माया प्रितिको चोखो कथा, (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) प्रकाशित छन् । साइट साउण्ड एण्ड पल्स पुस्तक पनि अंग्रेजीमा अन्य सह लेखकका साथ प्रकाशित छ ।

कार्कीका प्रकाशित उपन्यासहरुमा आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून चर्चित छन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १२ : १४ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो