१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रहेनन् ‘तिजको रहर आयो बरिलै’का सर्जक चेतन कार्की



काठमाडौं । वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको कोरोना संक्रमणका कारण ८३ वर्षको उमेरमा निधन भएको छ।

कोभिड–१९ बाट संक्रमित भएपछि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको आइतबार बिहान निधन भएको स‌‌गीतकार आभास आभासले जनाएका छन् । आज बिहान साढे १० बजेतिर निधन भएको हो ।

कोरोना संक्रमणका कारण कार्कीको परिवारका अन्य सदस्यहरु आइसोलेसनमा छन्। कार्कीको परिवारमा श्रीमती र दुई छोरा छन्।

कार्कीले उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोकप्रिय गीत रचना गरेका थिए।

विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता फिल्मको निर्देशन गरेका उनले थुप्रै फिल्मको स्क्रिप्ट र गीत लेखेका छन् । उनले कलाकार तथा निर्देशक नीर शाहको पहिलो फिल्म ‘परिर्वतन’ देखि स्क्रिप्ट लेखन सुरु गरेका थिए ।

जून निदाउन थाल्यो, माया प्रितिको चोखो कथा, (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) प्रकाशित छन् । साइट साउण्ड एण्ड पल्स पुस्तक पनि अंग्रेजीमा अन्य सह लेखकका साथ प्रकाशित छ ।

कार्कीका प्रकाशित उपन्यासहरुमा आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून चर्चित छन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १२ : १४ बजे

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा