५ पुस २०८२, शनिबार | December 20, 2025

हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि नागरिकको जीवनरक्षा हुनुपर्छ : प्रधानमन्त्री ओली



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतवार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रिया झन्झटिला छन् भने छोट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ त्यो गर्न मातहतका निमायलाई निर्देशन दिएका हुन् ।

नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न प्रधानमन्त्रीबाट मातहतका निकायलाई निर्देशन आएको बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार प्रधानमन्त्रीले प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने बताउँदै आवश्यक कानुन मिलाउनुपर्ने भए कानुन र प्रक्रिया मिलाएर भएपनि र्‍यापिड रेस्पोन्स टिम बनाउन निर्देशन दिएका थिए । हर हालतमा नागरिकको जीवन रक्षा हुनुपर्‍यो प्रधानमन्त्रीलाई उदृढ गर्दै मन्त्री ज्ञवालीले भने ।

बैठकमा कोभिड १९ सङ्क्रमणको महामारीसँग प्रभावकारी ढङ्गले लड्नका लागि स्वास्थ्य सङ्कटकाल लगाउनेबारे पनि छलफल भएको उनले जानकारी दिए । स्वास्थ्य सङ्कटकाल लगाउनका लागि विद्यमान सङ्क्रामक ऐन २०२० स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानुन बनाउने विषयमा सरोकारवाला मन्त्रालयसँग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले जानकारी गराए ।

ज्ञवालीका अनुसार तत्काल देखिएको अक्सिजन आपूर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमान्ड चार्ज लगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

उनले सरकारको तयारी भन्दा रोगको प्रकृति र आक्रामकता पनि उच्च भएकाले गएको दुई हप्ता निकै कठिन भएको बताउनुभयो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ४ : २० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता