१५ चैत्र २०८२, आइतबार | March 30, 2026

गैरकानुनीरुपमा पदमुक्त गरिएको भन्दै लुम्बिनी प्रदेशसभाका ४ पूर्व सदस्यले सर्वोच्च अदालतमा दिए रिट निवेदन



बुटवल । जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीयदलको बिबाद सर्वोच्च अदालत पुगेको छ । पार्टी केन्द्रको बहुमत, प्रदेश समितिको निर्णय र संसदीयदलको पत्रका आधारमा दलको ह्वीप उल्लंघन गरेको अभियोगमा जसपाका ४ सांसदहरुलाई प्रदेशसभा सचिवालयले पदमुक्त गरेपछि उनीहरु त्यस विरुद्ध सर्वोच्च गएका हुन् । सर्वोच्च अदालतमा ती चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट आज दर्ता भएको छ ।

आफुलाई गरिएको कारवाहीको विरुद्ध प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले आज दर्ता गरेको हो ।

सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार वैशाख १९ मा सर्वोच्चले उनीहरुको रिट दर्ता नगरीकन फर्काइदिएको थियो ।

बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने पुर्ण बैठकले निर्णय गरेको थियो ।

सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार अहिले कोभिड र बन्दी बाहेक केही महत्वपुर्ण रिटमा सुनुवाई गर्ने निर्णय भएको हुनाले जसपाका सांसदहरुको रिट दर्ता गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न संसदीयदलले जारी गरेको ह्वीप उल्लंघन गर्दै ४ जना प्रदेशसभा सदस्यहरु पोखरेल सरकारको मन्त्री बन्न पुगेका थिए ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ५ : ५१ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा