५ आश्विन २०८३, सोमबार | September 21, 2026

त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने



नुवाकोट । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले कोरोना संक्रमितको उपचारमा आवश्यक स्रोतसाधनको अभाव हुन नदिइने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका मन्त्री पाण्डेले त्रिशूली अस्पतालका कोरोना संक्रमितको उपचारको अवस्थाबारे जानकारी लिँदै संक्रमितको उपचारमा प्रदेश सरकार गम्भीर रहेको र आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

मन्त्री पाण्डेले अस्पतालमा आवश्यक जनशक्ति र स्रोतको व्यवस्थापन गरी चाँडै सघन उपचार र एचडियु कक्ष थप गर्न प्रक्रिया अघि बढाइएको बताए । अस्पताल व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री पाण्डेलाई त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले संक्रमितको उपचारका क्रममा देखिएका समस्या त्था तत्कालै अपनाइनुपर्ने रणनीतिबारे जानकारी गराए ।

त्रिशूली अस्पतालमा नुवाकोटका साथै रसुवा र धादिङका संक्रमितको पनि उपचार हुँदै आएको छ । यसैबीच बागमती प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष हीरानाथ खतिवडाका अगुवाइमा अक्सिजनसहितको १९ थान सिलिण्डर अस्पताललाई हस्तान्तरण गरिएको छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ३० बजे

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ