१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भारतमा घट्दै संक्रमित, २४ घण्टामा २ लाख ८१ हजार संक्रमित



काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घट्दो क्रममा छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ८६० जना नयाँ संक्रमित थपिएका छन ।

संक्रमितको यो संख्या आइतबारको तुलनामा करिब ३० हजार कम हो । आइतबार ३ लाख १० हजार ८२२ जना संक्रमित थपिएका थिए ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख २२ हजार ९०५ छ । निको हुनेको संख्या पनि त्यहाँ दैनिक बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जना निको भएका छन् । योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । केही दिन यता भारतमा दैनिक ४ हजार हाराहारीको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ एकैदिन ४ हजार ९२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ८ : ५१ बजे

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक