५ पुस २०८२, शनिबार | December 20, 2025

प्रदेश सरकारले ‘कोभिड हिरो’ नरेशबाबु श्रेष्ठलाई कोरोना माहामारी विरुद्ध लड्न पुनः बाँके पठायो



नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , लुम्बिनी प्रदेशले कोरोना महामारीको पहिलो लहरमा बाँकेमा कोभिड हिरोको उपाधी पाएका जन स्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठलाई कोभिड नियन्त्रणका लागि भन्दै ३ महिनाका लागि बाँके जिल्लामा काज सरुवा गरेको छ ।

मन्त्रालयले साबिक दरबन्दी रहकै कार्यालयबाट पारिश्रमिक पाउने गरि ३ महिनाको लागि स्वास्थ्य कार्यालय बाँकेमा काज सरुवा गरेको हो ।

बाँकेमा कोरोनाको दोस्रो लहरमा महामारीकोरुप लिएपछि जनस्तरबाट श्रेष्ठलाई बाँकेमा सरुवा गर्न माग भएको थियो । पहिलो चरणको महामारीमा श्रेष्ठले खेलेको भूमिका र सक्रियताका कारण स्वास्थ्य सम्बद्ध संघ संस्थाहरुले पनि श्रेष्ठलाई बाँकेमा ल्याउनु पर्ने माग गरेका थिए । बाँकेमा उनी सहित तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सहितको टिमले पहिलो चरणको महामारी नियन्त्रणमा उल्लेख्य भुमिका निभाएको भन्दै नेपाली सेनाको सैनिक पदक सहित बिभिन्न गैरसरकारी संस्थाहरुले उनीहरुलाई सम्मान समेत गरेको थियो ।

कोरोनाको पहिलो लहर केहि मत्थर भएसँगै श्रेष्ठलाई बर्दिया र प्रमुख जिल्ला अधिकारी कुरुम्वाङलाई ईलाका प्रशासन कार्यालय टिकापुर सरुवा गरिएको थियो । केहि दिन अगाडी कुरुम्वाङ अख्तियार सम्पर्क कार्यालय प्रमुख भएर नेपालगन्ज पुगेका छन् भने श्रेष्ठलाई बाँकेमा काज सरुवा गरिएको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ५८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता