५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा निषेधाज्ञाको अवज्ञा गर्ने ३ जनालाई १ महिना कैदको सजाँय



बुटवल । स्थानीय प्रशासनले जारी गरेको निषधोज्ञा उल्लंघन गर्ने बुटवलका ३ जना होटल ब्यवसायीलाई १ महिना कैद वा सो बराबरको जरिवानाको सजाँय दिईएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा बुटवल उप महानगरपालिका वडा न. ९ मिलनचोक स्थित सेराज रेष्टुरेण्टका २ जना संचालन र १ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले संक्रमक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम सजाँय सुनाएको हो ।

उनीहरुले निषेधाज्ञाको अवज्ञा गर्दै रेष्टुरेण्ट संचालन गरेको तथा रेष्टुरेण्टमा अनावश्यक भिडभाड गराएको भन्दै प्रहरीले रेष्टुरेण्ट संचालक २ जना सहित ३ जनालाई पक्राउ गरेको थियो ।

निषेधाज्ञाको अवज्ञा नगर्न प्रहरीले सम्झाउन खोज्दा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डिउटीमा खटिएको प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अवरोध गर्दै धम्की र गालि गलौज गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले होटल संचालक शेर बहादुर भण्डारी र शम्भु भट्टराई तथा उक्त होटलका कर्मचारी बारटेण्डर रुकुम मगरलाई पक्राउ गरि संक्रमक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय बुझाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले पक्राउ परेका ३ जनालाई एक महिना कैद वा सो बराबरको जरिवाना सुनाएकोमा जनही रु.९,१०० का दरले २७ हजार ३०० बुझाएर उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता