१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भारत कोरोना : घटदै संक्रमण दर, मृत्यु दर उस्तै



काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकसाता यता संक्रमितको दैनिक वृद्धिमा कमी आएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन । संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५२ लाख नाघेको छ ।

नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने रेकर्ड बन्न थालेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ को मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या २ लाख ७७ हजार नाघेको छ ।

संक्रमितमध्ये २ करोड १५ लाख ९० हजार ३ जना निको भइसकेका छन । ३३ लाख ५९ हजार २१६ जना सक्रिय संक्रमित रहेका छन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ४६ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण