५ आश्विन २०८३, सोमबार | September 21, 2026

भारत कोरोना : घटदै संक्रमण दर, मृत्यु दर उस्तै



काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकसाता यता संक्रमितको दैनिक वृद्धिमा कमी आएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन । संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५२ लाख नाघेको छ ।

नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने रेकर्ड बन्न थालेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ को मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या २ लाख ७७ हजार नाघेको छ ।

संक्रमितमध्ये २ करोड १५ लाख ९० हजार ३ जना निको भइसकेका छन । ३३ लाख ५९ हजार २१६ जना सक्रिय संक्रमित रहेका छन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ४६ बजे

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र