१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रातभरीमा बाँके र रुपन्देहीमा ४/४ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल र अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु ३ जना कोरोना विशेष अस्पतालमा र १ जना लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बैशाख २८ गते भर्ना भएका सियारी ३ रुपन्देहीका २९ वर्षिय पुरुषको सोमबार साँझ ७ः२७ बजे मृत्यु भएको थियो भने जेठ २ गते भर्नाभएका खनदह अर्घाखाँचीका ४३ वर्षिय पुरुषको मध्यराती १२ः०४ मा मृत्यु भएको थियो । त्यस्तै जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षिय पुरुषको सोमबार साँझ ५ बजे मृत्यु भएको थियो भने बुटवल १२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पताल पु¥याए लगत्तै मृत्यु भएको थियो ।

रुपन्देहीमा अहिलेसम्ममा मृत्यु हुनेको संख्या २६५ पुगेको छ ।

उता बाँकेमा पनि रातभरीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार बैशाख ८ भेरी अस्पताल भर्ना भएकी नेपालगन्ज १० की ६२ वर्षिया महिलाको सोमबार साँझ ७ः४५ बजे मृत्यु भएको थियो भने बैशाख २९ गते भेरीमै भर्ना भएका तुलसिपुर दाङका ५० वर्षिय पुरुषको सोमबार राती ८ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि जेठ २ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका मधुवन बर्दियाका ६५ वर्षिय पुरुषको सोमबार राती ९ः१५ बजे मृत्यु भएको थियो भने जेठ १ गते भेरी अस्पताल भर्ना भएका खजुरा बाँकेका ८५ वर्षिय पुरुषको आज बिहान ४ः३० बजे मृत्यु भएको थियो ।

बाँकेमा आजसम्ममा जिल्लाभित्रका २४२ जना र जिल्ला बाहिरका १९८ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : ३४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर