१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

इंग्लिस प्रिमियर लिग : तेस्रो स्थानमा उक्लियो चेल्सी



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले लेस्टर सिटीलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले लेस्टरलाई २-१ ले पराजित गरेको हो ।मंगलबार राति भएको खेलमा चेल्सीको जितमा एन्टोनियो रुडिगर र जर्गिन्होले गोल गरे । लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए ।

खेलको ३४ औं मिनेटमा टिमो वेर्नरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । रिस जेम्सको प्रहार युरी टिलेमान्सले क्लियर गर्दा पाएको कर्नरमा सिसर एज्पिलिक्वेटाको प्रहारलाई टिमो वेर्नरले गोल गरेपनि उनले बललाई नियन्त्रणमा लिनुअघि हातले छुन पुगेको भिएआरमा देखिएको थियो ।

दोस्रो हाफको शुरुमै एन्टेनियो रुडिगरले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए । बेन चिलवेलको कर्नरमा रुडिगरले गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । वेस्ले फोफानाले पेनाल्टी बक्समा टिमो वेर्नरमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनालटी प्रदान गरेको थियो ।

७६ औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो । यो जितसँगै चेल्सीले गत शनिबार एफए कपको फाइनलमा भोगेको १-० को हारको बदला लिन सफल भएको छ ।

यो जितसँगै चेल्सीले शीर्ष चारमा रहेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । चेल्सीको ३७ खेलबाट ६७ अंक छ । एक स्थान तल झरेको लेस्टरको समान खेलबाट ६६ अंक छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ७ : ३० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना