२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

इंग्लिस प्रिमियर लिग : तेस्रो स्थानमा उक्लियो चेल्सी



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले लेस्टर सिटीलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले लेस्टरलाई २-१ ले पराजित गरेको हो ।मंगलबार राति भएको खेलमा चेल्सीको जितमा एन्टोनियो रुडिगर र जर्गिन्होले गोल गरे । लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए ।

खेलको ३४ औं मिनेटमा टिमो वेर्नरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । रिस जेम्सको प्रहार युरी टिलेमान्सले क्लियर गर्दा पाएको कर्नरमा सिसर एज्पिलिक्वेटाको प्रहारलाई टिमो वेर्नरले गोल गरेपनि उनले बललाई नियन्त्रणमा लिनुअघि हातले छुन पुगेको भिएआरमा देखिएको थियो ।

दोस्रो हाफको शुरुमै एन्टेनियो रुडिगरले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए । बेन चिलवेलको कर्नरमा रुडिगरले गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । वेस्ले फोफानाले पेनाल्टी बक्समा टिमो वेर्नरमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनालटी प्रदान गरेको थियो ।

७६ औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो । यो जितसँगै चेल्सीले गत शनिबार एफए कपको फाइनलमा भोगेको १-० को हारको बदला लिन सफल भएको छ ।

यो जितसँगै चेल्सीले शीर्ष चारमा रहेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । चेल्सीको ३७ खेलबाट ६७ अंक छ । एक स्थान तल झरेको लेस्टरको समान खेलबाट ६६ अंक छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ७ : ३० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री