७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण



हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग सङ्घ हेटौँडाबीच सम्झौता भएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ १६ गतेभित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरे ।

प्लान्ट निर्माण रु एक करोड ३० लाखमा सम्पन्न हुने अनुमान सङ्घले गरेको छ । प्लान्ट निर्माणको संयोजन उद्योग सङ्घले गर्ने र आर्थिक जोहो सङ्घसँग आबद्ध उद्योगीहरुले गर्ने सङ्घले जानकारी दिएको छ ।

जेठ १६ गतेसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०/३० दिनभित्र प्लान्ट जडान भइसक्ने सङ्घका अध्यक्ष पोखरेलले जानकारी दिए । प्लान्टले दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति गर्नसक्ने उनले बताए ।

यसैबीच, मकवानपुरमा कोभिड-१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक १०० सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ ।

कोरोना सङ्क्रमणको दर बढिरहेकाले हेटौँडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पुर्याउने उद्देश्यले सो अभियान चालिएको उपमहानगरपालिकाले जनाएको छ । प्रत्येक दिन उपमहानगरपालिकाको आर्थिक लगानीमा १०० सिलिण्डर अक्सिजन भरेर अस्पतालमा उपलब्ध गराइने छ । पछिल्लो समय उपमहानगरपालिकामा अक्सिजन चाहिने सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय सरकारले पहलकदमी बढाएको हो । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : ५६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल