११ बैशाख २०८१, मंगलबार | April 24, 2024

रुपन्देहीमा एकैरात ७ जनाको मृत्यु, रहेनन् पत्रकार हिक्मत चौधरी



बुटवल । रुपन्देहीमा आज रातभरीमा १ जना पत्रकार सहित ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जना र भैरहवा स्थित भिम अस्पतालमा ३ जनाको मृत्यु भएको ती अस्पतालहरुले पुष्टि गरेका छन् । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेहरुमा मंगलबार अस्पताल पुगेकी तिनाउ ६ पाल्पाकी ६० वर्षिया महिलाको मंगरबार साँझ ४ः२० बजे, बैशाख २८ गते कोरोना विशेषमा भर्ना भएका बुटवल १३ का ५२ वर्षिय पुरुषको मंगरबार साँझ ७ः१० बजे, बैशाख २८ देखि कोरोना विशेषमा उपचाररत बुटवल ७ का ६० वर्षिय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बैशाख २५ देखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ५ मा स्थायी घर भएका पत्रकार हिक्मत चौधरीको पनि बिहान ३ः१५ बजे मृत्यु भएको चौधरीको परिवारले पुष्टि गरेका छन् ।

तिलोत्तमा ५ मणिग्राम निवासी ६० बर्षिय पत्रकार चौधरी २ दशकदेखि रेडियो लुम्बिनीमा कार्यरत थिए । चौधरीका श्रीमती ४ छोरी र २ छोरा छन् । उनको निधनले पत्रकार महासंघ स्तब्ध भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

उता भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षिय पुरुषको राती १२ः४० मा, बैशाख २५ गते भर्ना भएका परासी ६ का ४६ वर्षिय पुरुषको बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरका ४५ वर्षिय पुरुषको मध्यराती १ बजे मृत्यु भएको भिम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : ५९ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना