१४ माघ २०८२, बुधबार | January 29, 2026

भारतमा शक्तिशाली तुफानका कारण १२ जनाको मृत्यु



एजेन्सी । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुन्द्री तुफानको प्रकोपले कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

दुई लाख मानिस विस्थापित भएको समाचार सार्वजनिक भएका छन् । अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा कुदिरहेको बीबीसीले जनाएको छ।

ताउ-ते चक्रवातका कारण भारतको गुजरात, मुम्बईसहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ । अरब सागरबाट विकास भई गुरातमा ल्याण्डफल भएको ताउ-ते का कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चलेको छ ।

चक्रवातका कारण मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा कम्तीमा ९० जना बेपत्ता भएका छन् । सो पानी जहाजमा २७० सवार थिए, अहिलेसम्म १७७ जनाको उद्धार गरिएको भारतीय जल सेनाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १० : ५७ बजे

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले