६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल एयरलाइन्सका जहाजले भारतीयलाई साउदी ओसार्ने



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ ।

भारतीय दूतावासको सिफारिसमा आगामी मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सातवटा उडानको तयारी गरिएको निगमले जनाएको छ ।

यी भारतीय नागरिक अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीय नागरिकलाई गन्तव्यमा पु-याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमको सात र तीन उडान हिमालय एयरलाइन्सले गर्नेछ ।

निगमका निर्देशक एवम् प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासको समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीय नागरिकको हकमा निगमद्वारा उपलब्ध गराएको टिकटका आधारमा पाँचवटा उडान साउदीको रियाद र दुईवटा दमामका लागि निर्धारण गरेको छ । निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।

निगमले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाउँदै विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । कोभिड–१९ को महामारीको असहज अवस्थामा अहिले दैनिक रुपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ ।

चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतको स्वास्थ्य सामग्री र भारत तथा चीनले उपलब्ध गराएको कोरोना विरुद्धको खोपजस्त राज्यका लागि अतिआवश्यक स्वास्थ्य सामग्री निगमका जहाले नै बोक्दै आएका छन् ।

निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार ३३५ खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । मे १५ मा ओमनबाट अक्सिजन सिलिण्डर तथा औषधिजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी नेपाल ल्याएको थियो ।

 

सेनजेन र सिङ्गापुरबाट थप स्वास्थ्य सामग्री ल्याइने

निगमले तालुक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा उद्धार, मेडिकल तथा चार्टर्ड उडान गरिरहेको छ । सोही क्रममा निगमले मे २२ तारिखमा सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउने जनाएको छ ।

सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा कल साइन आरए ४१५३ उडानको जहाजबाट बिहान ८ बजे उडान गर्ने र कलसाइन आरए ४२५४ बाट सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्य सामग्री ल्याउनेछ ।

सेनजेनमा यही मे १९ तारिखमा आरए ४२७५ कलसाइनबाट मेडिकल चार्टर्ड उडान गरी आरए ४२७६ कलसाइनको उडानमार्फत सोही दिन फर्किने आन्तरिक तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी जम्मा चार जहाज अन्तरराष्ट्रिय उडानमा छन् ।

रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ११ : ५२ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम