६ आश्विन २०८३, मंगलबार | September 22, 2026

तनहुँमा पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने तयारी



तनहुँ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको र पिसिआर परीक्षणको रिपोर्ट आउन ढिलाइ भएपछि तनहुँका सबै पालिकाको सहभागितामा प्रयोगशाला स्थापनाको तयारी थालिएको छ ।

स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउने गरिएकामा रिपोर्ट आउनै ढिलाइ हुन थालेपछि जिल्लाका १० वटै पालिकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका हुन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको अन्तरपालिका समन्वय बैठकले व्यास-१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य कार्यालयको भवनमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । त्यसका लागि सम्बन्धित निकायमा अनुमति माग गर्ने र आवश्यक व्यवस्थापनको नेतृत्व व्यास नगरपालिकाले लिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त प्रयोगशालामा रोटरी क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२९२ बाट प्राप्त मेसिनको समेत प्रयोग गरिने भएको छ । गत वर्ष असोजमा क्लबले नगरपालिकालाई एक थान पोर्टेबल मेसिन हस्तान्तरण गरेको थियो तर कोरोनाको जोखिम कम हुँदै गएको र पोखराबाट रिपोर्ट तत्कालै आउन थालेपछि उक्त मेसिन प्रयोग गरिएको थिएन ।

तनहुँका १० वटै पालिकाको सहभागितामा गत वर्ष जिपी कोइराला श्वासप्रश्वास उपचार केन्दमा आइसोलेशन भवन निर्माण सम्पन्न भएको थियो । पिसिआर परीक्षण प्रयोगशालाका लागि सहयोग गर्न इच्छुक निजी क्षेत्र, वैदेशिक रोजगारमा रहनुभएका दाजुभाइ दिदीबहिनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आग्रह गरिएको छ ।

“कोभिडसँग लक्षण मिल्दाजुल्दा बिरामी पिसिआर परीक्षणको दायरामा नआउने, आउँदा ढिलो आउने गरेको अवस्था छ,” प्रवक्ता श्रेष्ठले भने, “त्यसपछि स्वाब सङ्कलन गरेर पठाउँदा कम्तीमा रिपोर्ट आउन एक हप्ता लागेको स्थिति छ । यसले गर्दा सङ्क्रमितको पहिचान र उपचार प्रक्रियामा कठिन भयो ।”

बैठकले अक्सिजनको अभाव महसुस भएको अवस्थामा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएकामा धन्यवाद दिएको छ । साथै यस प्रक्रियामा स्थानीय पालिकाहरुले समेत सहयोग प्रदान गर्ने भएका छन् । हरेक पालिकाले आ-आफ्नो क्षमता, सामाजिक सङ्घ संस्था, निजी क्षेत्रसमेतको सहभागितामा स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्ट राख्न पहल गर्ने निर्णय बैठकले गरेको छ । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ७ : ३९ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत