१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

तनहुँमा पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने तयारी



तनहुँ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको र पिसिआर परीक्षणको रिपोर्ट आउन ढिलाइ भएपछि तनहुँका सबै पालिकाको सहभागितामा प्रयोगशाला स्थापनाको तयारी थालिएको छ ।

स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउने गरिएकामा रिपोर्ट आउनै ढिलाइ हुन थालेपछि जिल्लाका १० वटै पालिकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका हुन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको अन्तरपालिका समन्वय बैठकले व्यास-१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य कार्यालयको भवनमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । त्यसका लागि सम्बन्धित निकायमा अनुमति माग गर्ने र आवश्यक व्यवस्थापनको नेतृत्व व्यास नगरपालिकाले लिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त प्रयोगशालामा रोटरी क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२९२ बाट प्राप्त मेसिनको समेत प्रयोग गरिने भएको छ । गत वर्ष असोजमा क्लबले नगरपालिकालाई एक थान पोर्टेबल मेसिन हस्तान्तरण गरेको थियो तर कोरोनाको जोखिम कम हुँदै गएको र पोखराबाट रिपोर्ट तत्कालै आउन थालेपछि उक्त मेसिन प्रयोग गरिएको थिएन ।

तनहुँका १० वटै पालिकाको सहभागितामा गत वर्ष जिपी कोइराला श्वासप्रश्वास उपचार केन्दमा आइसोलेशन भवन निर्माण सम्पन्न भएको थियो । पिसिआर परीक्षण प्रयोगशालाका लागि सहयोग गर्न इच्छुक निजी क्षेत्र, वैदेशिक रोजगारमा रहनुभएका दाजुभाइ दिदीबहिनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आग्रह गरिएको छ ।

“कोभिडसँग लक्षण मिल्दाजुल्दा बिरामी पिसिआर परीक्षणको दायरामा नआउने, आउँदा ढिलो आउने गरेको अवस्था छ,” प्रवक्ता श्रेष्ठले भने, “त्यसपछि स्वाब सङ्कलन गरेर पठाउँदा कम्तीमा रिपोर्ट आउन एक हप्ता लागेको स्थिति छ । यसले गर्दा सङ्क्रमितको पहिचान र उपचार प्रक्रियामा कठिन भयो ।”

बैठकले अक्सिजनको अभाव महसुस भएको अवस्थामा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएकामा धन्यवाद दिएको छ । साथै यस प्रक्रियामा स्थानीय पालिकाहरुले समेत सहयोग प्रदान गर्ने भएका छन् । हरेक पालिकाले आ-आफ्नो क्षमता, सामाजिक सङ्घ संस्था, निजी क्षेत्रसमेतको सहभागितामा स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्ट राख्न पहल गर्ने निर्णय बैठकले गरेको छ । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ७ : ३९ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक