६ पुस २०८२, आइतबार | December 21, 2025

आजको मौसम : केही प्रदेशमा भारी वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ-ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो भारी वर्षा हुने र क्रमिकरूपमा कम हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका केही स्थानमा हल्कादेखि मध्यम र कयौँ स्थानमा भारी वर्षाको सम्भावना छ ।

दिउँसो गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरुमा भारी हिमपात र वर्षाका सम्भावना रहेकाले आगामी २४ घण्टा सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

उच्च हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ७ : ४७ बजे

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान