१७ श्रावण २०८३, आइतबार | August 2, 2026

म्याग्दीमा एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन



म्याग्दी । म्याग्दीको बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ ।

एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच/पाँच लाख रुपैयाँ सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ ।

निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टिसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर आइसोलेशन शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “दुई वटा एचडियु शय्या भएको आइसोलेशनका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट सिधै पाइपमार्फत अक्सिजन आपूर्ति हुन्छ”, उनले भने, “एक–दुई दिनमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवा शुरु हुन्छ ।”

प्रदेश सरकारले पठाएको ३० लाख रुपैयाँ बजेटबाट आइसोलेशनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताए । दश वटा विद्युतीय शय्या जडान गरिएको छ । गत वर्ष शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आइसोलेशनका सामग्री पनि प्रयोग भएको छ ।

कोरोना सङ्क्रमितको मात्रै उपचार गर्न छुट्टै आइसोलशन कक्ष सञ्चालन भएपछि अस्पतालका अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुनेछ । यसअघि आकस्मिक र अन्तरङ्ग कक्षका साथै बरण्डामा शय्या राखेर कोरोना सङ्क्रमितको उपचार गरिएको थियो । अस्पताल परिसरमा अक्सिजन प्रशोधन केन्द्र सञ्चालन भएको छ । समुदायस्तरबाट अक्सिजन र कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ ।

आइसोलेशनमा बुधबार १९ जना उपचाररत छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेशन बनाउन चिकित्सकहरुले सुझाव दिएका थिए । अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेशनमा जनशक्ति व्यवस्थापन र उपचारमा सहज हुने बताए ।

जिल्लामै सङ्क्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ । अस्पतालले वैशाख तेस्रो सातादेखि फिवर क्लिनिक सञ्चालन गरेको छ । छुट्टै ब्लकको भवनमा सञ्चालित बहिरङ्ग, शल्यक्रिया लगायतका सेवालाई प्रभावित हुन दिइएको छैन ।

सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करिब १०० शय्या क्षमताको आइसोलेशन सञ्चालन गरेर कोरोना सङ्क्रमितको गाउँमै उपचार गर्न थालेका छन् । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ३८ बजे

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र

सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र