४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोपा ईटालियाको उपाधि युभेन्ट्सले जित्यो



काठमाडौं । युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एटलान्टालाई २-१ ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हासिल गरेको हो ।

खेलको ३१ औं मिनेटमा डेजान कुलुसेभ्सकीको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिएको थियो । तर, एटलान्टाका रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि ७३ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई उपाधि दिलाए । खेलको ८८ औं मिनेटमा राफेल टोलोइले रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा समेटिएको थियो ।

युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । युभेन्टसले सन् २०१८ पछि पहिलो पटक यस उपाधि जितेको हो । प्रतियोगितामा करिब साढे ४ हजार दर्शकलाई उपस्थित गराइएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको