१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेमा आज पनि ८ घण्टाकाे अवधीमा ८ जना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा ८ जनाको मृत्यु भएको छ । बुधबार साँझ ५ बजे देखि मध्यराती १ बजेका बीचमा ८ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ । आज पनि बाँकेमा ८ घण्टामा ८ जनको मृत्यु भएको हो । आज भेरी अस्पतालमा उपचाररत ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत १ जना संक्रमितको मृत्यु भएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार मृत्यु हुनेमा गत बैशाख २७ गते भेरी अस्पताल भर्ना भएका डुडुवा ५ बाँकेकी २८ वर्षिया महिला, जेठ ३ गते भेरीमै भर्ना भएका खजुरा ३ बाँकेका ८५ वर्षिय पूरष, जेठ ५ गते भेरी अस्पताल पुगेका बाँसगढी बर्दियाका ४२ वर्षिय पुरुष र जेठ ३ गते भेरी अस्पताल भर्ना भएका तुलसिपुर दाङका ६५ वर्षिय पुरुष रहेका छन् । त्यसैगरि ४ गते भेरी अस्पताल भर्ना भएका बढैयाताल बर्दियाका ४५ वर्षिय पुरुष, ४ गते नै भेरीमा भर्ना भएका घोडाघोडी कैलालीका ४५ वर्षिय पुरुष, ३ गते सोही अस्पताल भर्ना भएका गुलरिया ४ बर्दियाकी ६५ वर्षिया महिला र ५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्ती सोनारी ६ बाँकेका ५४ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

बाँकेमा आज प्राप्त मृत्युको विवरणसँगै जिल्ला भित्रको मृत्यु हुनेको संख्या २५६ पुगेको छ भने जिल्ला बाहिरको मृतकको संख्या २१४ पुगेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ५९ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई