६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा आज पनि ८ घण्टाकाे अवधीमा ८ जना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा ८ जनाको मृत्यु भएको छ । बुधबार साँझ ५ बजे देखि मध्यराती १ बजेका बीचमा ८ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ । आज पनि बाँकेमा ८ घण्टामा ८ जनको मृत्यु भएको हो । आज भेरी अस्पतालमा उपचाररत ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत १ जना संक्रमितको मृत्यु भएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार मृत्यु हुनेमा गत बैशाख २७ गते भेरी अस्पताल भर्ना भएका डुडुवा ५ बाँकेकी २८ वर्षिया महिला, जेठ ३ गते भेरीमै भर्ना भएका खजुरा ३ बाँकेका ८५ वर्षिय पूरष, जेठ ५ गते भेरी अस्पताल पुगेका बाँसगढी बर्दियाका ४२ वर्षिय पुरुष र जेठ ३ गते भेरी अस्पताल भर्ना भएका तुलसिपुर दाङका ६५ वर्षिय पुरुष रहेका छन् । त्यसैगरि ४ गते भेरी अस्पताल भर्ना भएका बढैयाताल बर्दियाका ४५ वर्षिय पुरुष, ४ गते नै भेरीमा भर्ना भएका घोडाघोडी कैलालीका ४५ वर्षिय पुरुष, ३ गते सोही अस्पताल भर्ना भएका गुलरिया ४ बर्दियाकी ६५ वर्षिया महिला र ५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्ती सोनारी ६ बाँकेका ५४ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

बाँकेमा आज प्राप्त मृत्युको विवरणसँगै जिल्ला भित्रको मृत्यु हुनेको संख्या २५६ पुगेको छ भने जिल्ला बाहिरको मृतकको संख्या २१४ पुगेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ५९ बजे

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान