६ आश्विन २०८३, मंगलबार | September 22, 2026

वर्षा हुँदा किसानलाई राहत



महोत्तरी । उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच बिहीवार बिहानैदेखि परेको पानीले राहत भएको छ । कोभिड-१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका किसानलाई बिहीवारको वर्षाले राहत भएको हो ।

महोत्तरी जिल्लाका सबै भेगमा बिहीवार बिहानैदेखि लगातार मन्द वर्षा भइरहेको छ । गर्मी घटाउनसँगै खेतबारी खनजोत गर्न आजको वर्षाले प्रशस्त चिस्यान भएपछि किसान दंग छन् । अब बर्खे धान र कोदोको बीउ राख्ने र भदैया (भदौरे, भदौमा उत्पादन दिने) तरकारीको बीउ रोप्न अनुकूल भएको किसानको भनाइ छ ।

पछिल्लो वर्षाले फलफुल, उखु र प्रचण्ड रापले ओइलिँदै गएका तरकारीका बोट र लहरा लहलहाउने बर्दिबास-९ पशुपतिनगरका किसान महेन्द्र महतो खुशी हुँदै बताउँछन् । चिस्यान राम्रो भएपछि अब प्रचण्ड घामले रुखिएको उखुबारीमा नाइट्रोजन मल (युरिया) हाल्न सकिने किसान बताउँछन् ।

‘हामी आकाश ताक्नेका लागि त अमृत वर्षा नै भएको छ,’ जिल्लाको भङ्गाहा नगरपालिका-४ रामनगरका किसान चन्देश्वर राय दनुवार भन्छन्, ‘वर्षा नहुँदा घरमा धुमधुमती बसेर निषेधाज्ञा काट्न सकस थियो, अब खेतबारीमा काम गर्न पाइने भइयो ।’

जिल्लामा गत वैशाख २२ गते जारी निषेधाज्ञाको अवधि जेठ १० गतेसम्मलाई बढाइएको छ । जिल्लाभरिकै कूल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ ।

जिल्लामा करीब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइका कुलो नहर लाग्ने र करीब त्यत्तिमै वैकल्पिक सिँचाइका प्रबन्ध (इनार पम्पसेट, बोरिङ) जेनतेन पुगेको छ । जिल्लाका ८० प्रतिशत जग्गा अझै आकाशे पानीको भरमा रहेका कृषि ज्ञान केन्द्र जलेश्वरका विज्ञ नै बताउँछन् । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : ३७ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ