१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेमा १८८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४७५ जना कोरोना मुक्त, ६ जनाको मृत्यु



नेपालगन्ज । बाँकेका २ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९२७ नमुना परीक्षण गर्दा ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल र बागेश्वरी डाइग्नोशिस ल्यावमा गरिएको पीसीआर परीक्षणबाट २४ घण्टामा कुल ५२८ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका ७७ महिला र १११ पुरुष गरि १८८ जनामा मात्र संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजको ल्यावको रिपोर्ट भने आजको विवरणमा समावेश गरिएको छैन ।

सोही समयमा बाँकेमा जिल्ला भित्रका ६ र जिल्ला बाहिरका ६ जना गरि १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ७८० नमुना परीक्षण गर्दा ४६८ जनामा संक्रमण पुष्टि भएको थियो भने बागेश्वरी ल्यावमा १४७ नमुना परीक्षण गर्दा ६७ जनामा कोरोना देखिएको थियो ।

बाँकेमा आज ४७५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा आज सम्ममा २५९ जिल्ला भित्रका र २१५ जना जिल्ला बाहिरका कोरोना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : ५२ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई