८ बैशाख २०८१, शनिबार | April 20, 2024

राष्ट्रियसभा उपचुनावमा डा. खिमलाल देवकोटा विजयी, रामबहादुर थापा पराजित



काठमाडौं । राष्ट्रियसभा उपचुनावमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । आज भएको उपचुनावमा देवकोटाले ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । देवकोटाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर थापाले ४ हजार १४ मत मात्र प्राप्त गरेका छन् ।

प्रदेशसभामा देवकोटाले ५८ मत हासिल गरी २७८४ मतभार प्राप्त गरेका छन् भने थापाले ४५ मतसहित २१६० मतभार मात्र पाएका छन् । यस्तै, नेमकिपाका कृष्णबहादुर तामाङले दुई मत अर्थात ९६ मतभार पाएका छन् । प्रदेशसभाको मतभार ४८ हुन्छ ।

यसैगरी स्थानीय तहमा देवकोटाले १२८ मत अर्थात २३०४ मतभार प्राप्त गरेका छन् । यस्तै थापाले १०३ मत अर्थात १८५४ र तामाङले २ मत अर्थात ३६ मतभार मात्रै पाएका छन् । स्थानीय तहको मतभार १८ हुन्छ ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको समर्थनमा कलम चिन्हमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटालाई एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेको थियो । देवकोटा संघीयता विज्ञ हुन् ।

२०७४ माघमा भएको राष्ट्रियसभा चुनावमा माओवादी केन्द्रबाट विजयी बनेर ६ बर्षका लागि राष्ट्रियसभामा चुनिएका थापाले २०७७ फागुनमा दल त्याग गरेपछि उनको सांसद पद खारेज भएको थियो । त्यसपछि रिक्त भएको स्थानमा आज उपचुनाव भएको हो ।

रामबहादुर थापालाई आज दोहोरो झड्का लागेको छ । उपचुनावमा पराजित हुनुअघि आजै सर्वोच्च अदालतले उनको मन्त्री पद समेत खारेज गर्दिएको छ । सांसद नभएका व्यक्तिलाई दोहोर्याएर मन्त्री बनाउनु असंवैधानिक भएको ठहर गर्दै सर्वोच्चले सात जना मन्त्रीको पुनःनियुक्ति बदर गरेको हो । थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीको रुपमा पुनः नियुक्ति दिँएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : २३ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा