१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

राष्ट्रियसभा उपचुनावमा डा. खिमलाल देवकोटा विजयी, रामबहादुर थापा पराजित



काठमाडौं । राष्ट्रियसभा उपचुनावमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । आज भएको उपचुनावमा देवकोटाले ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । देवकोटाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर थापाले ४ हजार १४ मत मात्र प्राप्त गरेका छन् ।

प्रदेशसभामा देवकोटाले ५८ मत हासिल गरी २७८४ मतभार प्राप्त गरेका छन् भने थापाले ४५ मतसहित २१६० मतभार मात्र पाएका छन् । यस्तै, नेमकिपाका कृष्णबहादुर तामाङले दुई मत अर्थात ९६ मतभार पाएका छन् । प्रदेशसभाको मतभार ४८ हुन्छ ।

यसैगरी स्थानीय तहमा देवकोटाले १२८ मत अर्थात २३०४ मतभार प्राप्त गरेका छन् । यस्तै थापाले १०३ मत अर्थात १८५४ र तामाङले २ मत अर्थात ३६ मतभार मात्रै पाएका छन् । स्थानीय तहको मतभार १८ हुन्छ ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको समर्थनमा कलम चिन्हमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटालाई एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेको थियो । देवकोटा संघीयता विज्ञ हुन् ।

२०७४ माघमा भएको राष्ट्रियसभा चुनावमा माओवादी केन्द्रबाट विजयी बनेर ६ बर्षका लागि राष्ट्रियसभामा चुनिएका थापाले २०७७ फागुनमा दल त्याग गरेपछि उनको सांसद पद खारेज भएको थियो । त्यसपछि रिक्त भएको स्थानमा आज उपचुनाव भएको हो ।

रामबहादुर थापालाई आज दोहोरो झड्का लागेको छ । उपचुनावमा पराजित हुनुअघि आजै सर्वोच्च अदालतले उनको मन्त्री पद समेत खारेज गर्दिएको छ । सांसद नभएका व्यक्तिलाई दोहोर्याएर मन्त्री बनाउनु असंवैधानिक भएको ठहर गर्दै सर्वोच्चले सात जना मन्त्रीको पुनःनियुक्ति बदर गरेको हो । थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीको रुपमा पुनः नियुक्ति दिँएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : २३ बजे

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक