७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रपति भण्डारीबाट वैकल्पिक सरकार गठनकाे आह्वान, दलहरुलाई दिईन् २१ घण्टाको समय



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेसँगै राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् । आज बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासकाे मत नलिने र वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त गर्ने बताएका थिए । सरकार गठनको प्रस्ताव पेश गर्न राष्ट्रपतिले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

राष्ट्रपति कार्यालयबाट जारी सुचनामा स‌विधानकाे धारा ७६(३) बमाेजिम बनेकाे सरकारले ३० दिन भित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत लिनुपर्ने ब्यवस्था रहेकाेमा विकसित राजनीतिक परिस्थितीमा माैजुदा सरकारलाई विश्वासकाे मत प्राप्त हुने दह्राे राजनीतिक आधार नदेखिएकाे कारण मुलुकलाई अन्याैलमा राख्न उचित नदेखिएकाे हुँदा वैकल्पिक सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने मन्त्रीपरिषदकाे निर्णय अनुसार प्रधानमन्त्रीबाट अनुराेध भई आएकाे कारण संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरिएकाे उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ३१ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२