१८ असार २०८३, बिहिबार | July 2, 2026

राष्ट्रपति भण्डारीबाट वैकल्पिक सरकार गठनकाे आह्वान, दलहरुलाई दिईन् २१ घण्टाको समय



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेसँगै राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् । आज बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासकाे मत नलिने र वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त गर्ने बताएका थिए । सरकार गठनको प्रस्ताव पेश गर्न राष्ट्रपतिले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

राष्ट्रपति कार्यालयबाट जारी सुचनामा स‌विधानकाे धारा ७६(३) बमाेजिम बनेकाे सरकारले ३० दिन भित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत लिनुपर्ने ब्यवस्था रहेकाेमा विकसित राजनीतिक परिस्थितीमा माैजुदा सरकारलाई विश्वासकाे मत प्राप्त हुने दह्राे राजनीतिक आधार नदेखिएकाे कारण मुलुकलाई अन्याैलमा राख्न उचित नदेखिएकाे हुँदा वैकल्पिक सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने मन्त्रीपरिषदकाे निर्णय अनुसार प्रधानमन्त्रीबाट अनुराेध भई आएकाे कारण संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरिएकाे उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ३१ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका