६ आश्विन २०८३, मंगलबार | September 22, 2026

संचालन भएको दुई महिना नबित्दैं चर्कियो पानकोट मोटररेबल पुल



बझाङ । यातायात संचालन भएको दुई महिना नबित्दैं पानकोट मोटररेबल पुल चर्किएको छ ।

बझाङको सदरमुकाम चैनपुर जोड्ने पानकोट पुल ठेकेदारका लापरवाहीका कारण चर्किएको स्थानीयहरु बताउछन ।

एक बासिन्दा कैलास खड्काले भने, ‘दुई दिनको बर्षाले त पिल्लरहरु बाङ्गो भएर चर्किएको छ वर्षा हुन अझै बाकि छ समयमै मर्मत सम्भार नगरे पुल बग्ने खतरा रहेको छ ।’

त्यस्तै अर्का स्थानीय हिमाल जोशीले भने ठेकेदारले जुन ठाउमा जालि भर्नुपर्ने हो त्यहाँ नभरेर गलत ठाँउमा जालि भरेका कारण पुल चर्किने अवस्था आएको बताए ।

७० मिटर लम्बाई रहेको उक्त मोटरेबल पुल बन्दा पुल पारी र पुल वारीका बासिन्दाहरु हर्षित भएका थिए । यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्सन प्रालिसंग करिब ९ करोड रुपैयाँमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : ३४ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ