६ श्रावण २०८३, बुधबार | July 22, 2026

घर दैलोमै नमुना सङ्कलन, चौबीसै घण्टा पीसीआर परीक्षण



काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।

निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई त्यससम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएको थियो ।

राष्ट्रिय प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले अब निजी क्षेत्रका प्रयोगशालाले व्यक्तिको घरमा गई स्वाब सङ्कलन गर्दा लाग्ने दुई हजार रुपियाँमा थप पाँच सय रुपियाँ मात्र लिन पाउने निर्णय गरेको जानकारी दिए। त्यसबाहेक अन्य शुल्क लिएको अवस्थामा त्यस्ता प्रयोगशालालाई कारबाही हुने उनले जानकारी दिए ।

चौबीसै घण्टा पीसीआर परीक्षण

अब टेकुस्थित राष्ट्रिय प्रयोगशालाले चौबीसै घण्टा पीसीआर परीक्षण गर्ने भएको छ । स्थानीय तहले स्वाबको नमुना सङ्कलन गरेर पठाएपछि प्रयोगशाला चौबीसै घण्टा सञ्चालन हुने भएको हो ।

प्रयोगशालाका प्रवक्ता गुप्ताले दैनिक चारदेखि पाँच हजारसम्म नमुना स्थानीय तहबाट आउने गरेको जानकारी दिए । यसअघि बिहान, दिउँसो र बेलुकी तीन चरणमा मात्र पीसीआर परीक्षण हुने गर्दथ्यो । प्रयोगशालामा आउने व्यक्ति दैनिक दुईदेखि तीन सय हुने गरेको उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ६ : ५६ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय