१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ४ जना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा आज रातभरीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीका २ जना तथा रुपन्देही र गुल्मीका १।१ जना छन् ।

मृत्यु हुनेमा ३ जना प्रादेशिक अस्पतालकाे इमर्जेन्सीमा र १ जनाकाे काेराेना विशेष अस्पतालमा मृत्यु भएकाे हाे ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार जेठ ५ गते भर्ना भएका सैनामैना रुपन्देहीका ७७ वर्षिय पुरुषको बिहिकार साँझ ७ बजे मृत्यु भएको थियो भने ५ गते नै भर्ना भएकी चन्द्रकोट गुल्मीकी ५० वर्षिया महिलाको आज बिहान ४ बजे मृत्यु भएको थियो । त्यस्तै बिहिबार भर्ना भएका बर्दघाट नवलपरासी पश्चिमका ६२ वर्षिय पुरुषको बिहान ३ बजे मृत्यु भएको थियो भने बैशाख २९ गते काेराेना विशेष अस्पताल भर्ना भएका बर्दघाटकै ३९ वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

रुपन्देहीमा आज सम्ममा मृत्यु हुनेको संख्या ३८२ पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ८ : ४० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग