१७ श्रावण २०८३, आइतबार | August 2, 2026

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ४ जना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा आज रातभरीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीका २ जना तथा रुपन्देही र गुल्मीका १।१ जना छन् ।

मृत्यु हुनेमा ३ जना प्रादेशिक अस्पतालकाे इमर्जेन्सीमा र १ जनाकाे काेराेना विशेष अस्पतालमा मृत्यु भएकाे हाे ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार जेठ ५ गते भर्ना भएका सैनामैना रुपन्देहीका ७७ वर्षिय पुरुषको बिहिकार साँझ ७ बजे मृत्यु भएको थियो भने ५ गते नै भर्ना भएकी चन्द्रकोट गुल्मीकी ५० वर्षिया महिलाको आज बिहान ४ बजे मृत्यु भएको थियो । त्यस्तै बिहिबार भर्ना भएका बर्दघाट नवलपरासी पश्चिमका ६२ वर्षिय पुरुषको बिहान ३ बजे मृत्यु भएको थियो भने बैशाख २९ गते काेराेना विशेष अस्पताल भर्ना भएका बर्दघाटकै ३९ वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

रुपन्देहीमा आज सम्ममा मृत्यु हुनेको संख्या ३८२ पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ८ : ४० बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा