१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रश्न : मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बहुमत जुटाएर सरकार बनाउन प्रतिपक्षी दललाई चुनौति दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले १ सय ३८ जनाको मत देखाएर सरकार बनाउन प्रतिपक्षी दललाई चुनौति दिएका हुन ।

उनले मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको भन्दै प्रश्न समेत गरेका छन् । थापाले बहुमत सदस्यहरूको समर्थनमा नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री ओलीलाई विपक्षमै बस्न बाध्य गराउन चुनौति दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार विश्वासको मत नपुग्ने भएकाले उपधारा ५ अनुसार सरकार गठन गर्न आह्वान गर्ने निर्णय गरेका थिए । त्यहीअनुसार राष्ट्रपतिले बिहीबार साँझै सरकार गठनको आह्वान गरिसकेकी छन् । राष्ट्रपतिले आह्वान गरेको समयसीमा आजै साँझ सकिँदैछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ५६ बजे

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक