१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा दाबी पेश गर्न नेताहरु राष्ट्रपति कार्यालयमा



काठमाडौं । १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरु नयाँ सरकार दाबीका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्दै शीर्ष नेताहरु राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् । नेताहरुले राष्ट्रपति समक्ष सबै सांसदहरुको हस्ताक्षर बुझाउँदै देउवालाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्न लागेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार कुनै पनि सांसदले बहुमत पुर्याउनसक्ने दाबीसहित पेश गर्न आह्वान गरेकी थिइन । २१ घण्टाको समयसीमा मात्रै दिएपछि विपक्षी दलहरुले देउवाको पक्षमा १४९ जुटाउन सफल भएका छन् । देउवाको पक्षमा एमालेको माधवकुमार नेपाल पक्षका २७ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । यस्तै जनता समाजवादी पार्टी जसपाका १३ जना सांसदहरुले हस्ताक्षर गरेका छन् भने कांग्रेस र माओवादी केन्द्रका सबै सांसदहरुको हस्ताक्षर रहेको छ ।

विपक्षी दलहरुबीच कांग्रेससभापति शेरबादुर देउवा निवासमा आज बिहान छलफल भएको थियो । त्यसपछि सबै दलहरुले आआफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेर पुनः दिउँसो ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा शिर्ष नेताहरुको बैठक भएको थियो । त्यसअघि चारै पक्षका दोस्रो तहका नेताहरुले हस्ताक्षर संकलन र त्यसमाथि रुजु गर्ने काम गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ३ : ५९ बजे

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,