१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा दाबी पेश गर्न नेताहरु राष्ट्रपति कार्यालयमा



काठमाडौं । १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरु नयाँ सरकार दाबीका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्दै शीर्ष नेताहरु राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् । नेताहरुले राष्ट्रपति समक्ष सबै सांसदहरुको हस्ताक्षर बुझाउँदै देउवालाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्न लागेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार कुनै पनि सांसदले बहुमत पुर्याउनसक्ने दाबीसहित पेश गर्न आह्वान गरेकी थिइन । २१ घण्टाको समयसीमा मात्रै दिएपछि विपक्षी दलहरुले देउवाको पक्षमा १४९ जुटाउन सफल भएका छन् । देउवाको पक्षमा एमालेको माधवकुमार नेपाल पक्षका २७ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । यस्तै जनता समाजवादी पार्टी जसपाका १३ जना सांसदहरुले हस्ताक्षर गरेका छन् भने कांग्रेस र माओवादी केन्द्रका सबै सांसदहरुको हस्ताक्षर रहेको छ ।

विपक्षी दलहरुबीच कांग्रेससभापति शेरबादुर देउवा निवासमा आज बिहान छलफल भएको थियो । त्यसपछि सबै दलहरुले आआफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेर पुनः दिउँसो ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा शिर्ष नेताहरुको बैठक भएको थियो । त्यसअघि चारै पक्षका दोस्रो तहका नेताहरुले हस्ताक्षर संकलन र त्यसमाथि रुजु गर्ने काम गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ३ : ५९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर