१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भारतको महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु



मुम्बई । भारतको महाराष्ट्रमा सुरक्षाकर्मीसँगको भिडन्तमा १३ भारतीय माओवादीको मृत्यु भएको छ ।

महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रवार बिहान प्रहरीको सी-६० कमाण्डो सँगको भिडन्तमा १३ नक्सालवादी विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन ।

झडप बिहान ५:३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सालवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका उप-महानिरीक्षक सन्दीप पाटिलले बताए ।

करिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सालवादी लडाकुहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अङ्कित गोयलले बताए ।

प्रहरीले घटनास्थलबाट विद्रोहीको शव बरामद गरेको छ र इलाकामा खोजी अभियान अझै जारी रहेको उनले बताए । यस झडपबारे विद्रोहीको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

भारतमा नक्सालवादी विद्रोहीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने महाराष्ट्रलगायत भारतका कतिपय राज्यमा उनीहरूको प्रभाव रहेको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : १६ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।