१७ बैशाख २०८१, सोमबार | April 29, 2024

यो कुनै मध्यावधी चुनाव हैन, संविधान खारेज गर्ने प्रपंच हो : डा.बाबुराम भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेका मध्यावधि निर्वाचन नभई संविधान खारेजको प्रपञ्च भएको बताएका छन् ।

शनिवार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू हुनु राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कुकर्म रहेको बताएका छन् । यस्तै, उनले यसको प्रतिवादमा उत्रिन आह्वानसमेत गरेका छन् ।

उनले ‘गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म’ भन्दै संविधान खारेज गर्ने प्रपञ्च भएकाले प्रतिवादका लागि एकजुट हुन आव्हान गरेका छन् ।

ट्वीटमा लेखेका छन्, ‘भित्री-बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र-सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म । यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो । एकजुट होऊॅ : प्रतिवाद गरौं ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ८ : १७ बजे

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना