१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

संसद विघटन विरुद्ध कांग्रेसले कानूनी र राजनीतिक लडाईं लड्ने



काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन विरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्र बैठकले राष्ट्रपतिले फेरि एकपटक अलोकतान्त्रिक र असंवैधानिक कार्य गरेको ठहर गर्दै त्यस विरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको हो ।

कांग्रेसले मध्यरातमा राष्ट्रपतिले षड्यन्त्रपूर्वक संसद विघटन गरेको निस्कर्ष निकाल्दै त्यस विरुद्ध लाग्न नागरिक समाजलाई समेत आह्वानसमेत गरेको छ ।

बैठकले लोकतन्त्र गम्भीर खतरामा पुगेको निस्कर्ष पनि निकालेको छ । त्यस विरुद्ध अन्य दलहरुसँग पनि सहकार्य गर्दै बढ्ने कांग्रेसले निर्णय गरेको छ बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । ‘अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानुनी लडाइँ लड्छौं’, महतले भने ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १२ : २८ बजे

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा