१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कोरोना विशेष अस्पताल बुटवलमा थप ४ जना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पताल धागोकारखानामा उपचारका क्रममा ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले दिएको जानकारी अनुसार शुक्रबार अस्पताल भर्ना भएका तिलोत्तमा २ का ७१ वर्षिय पुरुषको आज बिहान ९ः१५ मा मृत्यु भएको थियो भने बैशाख २७ गते अस्पताल भर्ना भएका दरबार देबिस्थान ५ गुल्मीका ४२ वर्षिय पुरुषको आज दिउँसो २ः१५ बजे मृत्यु भएको थियो । त्यसैगरि जेठ २ गते भर्ना भएकी बुटवल ११ की ६१ वर्षिया महिलाको साँझ ५ः२० बजे मृत्यु भएको थियो भने आजै अस्पताल भर्ना भएका सियारी ५ रुपन्देहीकी ५६ वर्षिया महिलाको ५ः४५ बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

प्रादेशिक अस्पतालमा आज बिहान पनि ३ जनाको मृत्यु भएको थियो । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३९१ पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : ३२ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण