१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर टाँस्ने विद्यार्थी नेता पक्राउ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर टाँस्ने एक विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको पोस्टर टाँसी त्यसमाथी गोबर पोतेको अभियोगमा प्रहरीले त्रिपाठीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विद्यार्थी नेतालाई रिहा गर्न नेवि संघले माग गरेको छ । नेविसंघले कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकट निम्त्याएकोले त्यस विरुद्ध सडकमा आउन बाध्य भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीको योजनामा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति भण्डारीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै शनिबारदेखि नेवि संघले सडकमा प्रदर्शन सुरु गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै जारी निषेधाज्ञाकै बीचमा नेवि संघले हिजो देशका विभिन्न भागमा स सानो समुहमा मसाल जुलुस निकालेको थियो ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ११ : ४६ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ