७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना महामारीका बाबजुद पाकिस्तानको आर्थिक वृद्धिदर सोचेभन्दा बढी



काठमाडौं । कोरोना महामारी एवं लकडाउनका बाबजुद पाकिस्तानको आर्थिक वृद्धिदर सोचेभन्दा बढी भएको छ ।

पाकिस्तानको नेशनल अकाउन्टस् कमिटीका अनुसार चालु आर्थिक वर्षमा पाकिस्तानको अर्थव्यवस्था ३.९४ प्रतिशतले वृद्धि भैरहेको छ ।

यो वृद्धि स्वयं पाकिस्तान सरकार, आईएमए र वर्ल्ड बैंकको प्रक्षेपण भन्दा बढी हो । पाकिस्तान सरकाले यस आर्थिक वर्षको सुरुवातमा २.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

यस्तै, आइएमएफले २.० र वर्ल्ड बैंकले १.५ प्रतिशतमा आर्थिकवृद्धि सीमित हुने प्रक्षेपण गरेका थिए ।

अघिल्लो आर्थिक वर्षमा जम्मा ०.४७ प्रतिशतको वृद्धिदर रहेकोमा यसवर्ष ३.९४ प्रतिशत पुगेको हो ।

प्रधानमन्त्री इमरान खानले आर्थिवृद्धि दर बढेको खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री खानले सरकारको राम्रो आर्थिक नीतिका कारण नै कोरोना महामारीका बावजुद आर्थिक वृद्धिदर हुनसकेको जनाएका छन् ।

यस्तै पाकिस्तानका योजनामन्त्री असद उमरले आर्थिक वृद्धिदर राम्रो हुनुलाई इमरान खान नेतृत्वको सरकारको सफललताको प्रमाण भएको टिप्पणी गरेका छन् । योजनामन्त्री उमरका अनुसार यस आर्थिवृद्धि दरले पाकिस्तानी नागरिकको प्रतिव्यक्ति आय १,३६१ डलरबाट बढेर १,५४१ डलर भएको जनाएका छन् ।

यसआर्थिक वर्षमा पाकिस्तानको निर्यात व्यापार बढेको छ भने व्यापार घाटा घटेको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १२ : १२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई