१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कोरोना महामारीका बाबजुद पाकिस्तानको आर्थिक वृद्धिदर सोचेभन्दा बढी



काठमाडौं । कोरोना महामारी एवं लकडाउनका बाबजुद पाकिस्तानको आर्थिक वृद्धिदर सोचेभन्दा बढी भएको छ ।

पाकिस्तानको नेशनल अकाउन्टस् कमिटीका अनुसार चालु आर्थिक वर्षमा पाकिस्तानको अर्थव्यवस्था ३.९४ प्रतिशतले वृद्धि भैरहेको छ ।

यो वृद्धि स्वयं पाकिस्तान सरकार, आईएमए र वर्ल्ड बैंकको प्रक्षेपण भन्दा बढी हो । पाकिस्तान सरकाले यस आर्थिक वर्षको सुरुवातमा २.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

यस्तै, आइएमएफले २.० र वर्ल्ड बैंकले १.५ प्रतिशतमा आर्थिकवृद्धि सीमित हुने प्रक्षेपण गरेका थिए ।

अघिल्लो आर्थिक वर्षमा जम्मा ०.४७ प्रतिशतको वृद्धिदर रहेकोमा यसवर्ष ३.९४ प्रतिशत पुगेको हो ।

प्रधानमन्त्री इमरान खानले आर्थिवृद्धि दर बढेको खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री खानले सरकारको राम्रो आर्थिक नीतिका कारण नै कोरोना महामारीका बावजुद आर्थिक वृद्धिदर हुनसकेको जनाएका छन् ।

यस्तै पाकिस्तानका योजनामन्त्री असद उमरले आर्थिक वृद्धिदर राम्रो हुनुलाई इमरान खान नेतृत्वको सरकारको सफललताको प्रमाण भएको टिप्पणी गरेका छन् । योजनामन्त्री उमरका अनुसार यस आर्थिवृद्धि दरले पाकिस्तानी नागरिकको प्रतिव्यक्ति आय १,३६१ डलरबाट बढेर १,५४१ डलर भएको जनाएका छन् ।

यसआर्थिक वर्षमा पाकिस्तानको निर्यात व्यापार बढेको छ भने व्यापार घाटा घटेको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १२ : १२ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको