८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रहरी चौकी भित्रै प्रहरी जवानले गरे आत्महत्या



बर्दिया । बर्दियाको कण्ठपुर स्थित कालिका प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् ।

बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय खाम्चाले गएराति चौकी परिसर भित्रकै रुखमा झुन्डिएर आत्महत्या गरेको बर्दिया प्रहरीले जनाएको छ । कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले पुष्टि गरे ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको डीएसपी शाहीले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १ : १८ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा