५ चैत्र २०८२, बिहिबार | March 20, 2026

परमादेशको मागसहित पाँच विपक्षी दल भोलि मात्र सर्वोच्च जाने



काठमाडौं । पाँच विपक्षी दलले प्रतिनिधिसभा विघटन विरुद्ध भोलि मात्रै सर्वोच्चमा रिट दर्ता गर्नेभएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा भोलि रिट दर्ता गर्न लागेका हुन् । आज समयअभावका कारण भोलि बिहान १० देखि ११ बजेको बीचमा सर्वोच्चमा रिट दर्ता हुने भएको हो । सांसदहरुले व्यक्तिगत रुपमा रिट दर्ता गर्नेभएका छन् ।

यसअघि पाँच विपक्षी दलका शीर्ष नेता र सांसदहरु संसद भवन नयाँ वानेश्वरमा छलफल गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरु र सांसदहरु संसद भवनमा भेला भएका थिए ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आआफ्ना सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन र नागरिकताको फोटोकपी संकलन गरेका दलहरुले अब संयुक्त रूपमा संकलनका लागि नयाँ बानेश्वरमा भेला भएका थिए ।

यसअघि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कानूनव्यवसायीहरुसँग छलफल गरेपछि विपक्षी दलहरुले सर्वोच्चमा परमादेशको मागसहित रिट दर्ता गर्ने निर्णय गरेका थिए ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्दा पनि त्यसलाई अस्वीकार गरिएकाले सीधै प्रधानमन्त्री पदमा नियुक्तिको परमादेशको माग गर्न लागेका हुन् ।

रमेश लेखक, राधेश्याम अधिकारी, देव गुरूङ र उपेन्द्र यादवले परमादेश ड्राफ्ट तयार पारेका छन् । ड्राफ्ट तयार पार्न कानूनव्यवसायीरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधानले सहयोग गरेका छन् ।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ३ : ३४ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको