२९ भदौ २०८३, सोमबार | September 15, 2026

राजनैतिक अन्योलताले छेकेन शेयर बजारलाई, बनायो नयाँ रेकर्ड



काठमाडौ । राजनैतिक अन्योलताका बीच पनि शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । यस दिन नेप्से उच्च विन्दुमा पुगेसँगै कारोबार रकमले पनि नयाँ रकेर्ड बनाएको छ।

राजनैतिक अन्योलताका बाबजुत यस दिन नेप्सेले नयाँ रेकर्ड बनाएको हो । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपश्चात राजनैतिक अन्योलता निम्तिएपछि लगानीकर्तामा अन्योलता देखिन्छ कि भन्ने लागेको थियो । तर आइतबारको बजारमा त्यस्तो केही देखिएन । कारोबारको शुरुमा केही अन्योलता देखिएपनि नेप्से उकालो लागेको थियो ।

आइतबार नेप्से ३२ अंकले बढेको छ । ३२ अंकले बढेको नेप्से २८२० विन्दुमा पुगेर बन्द भएको छ । यो हालसम्मकै उच्च विन्दु हो। आइतबार ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ यो हालसम्मकै उच्च रकमको कारोबार पनि हो ।

यस दिन १६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन सर्किट लेभलमा कारोबार हुनेमा विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनीहरु रहेका छन्।

कर्णाली डेभलपमेन्ट बैंक, ग्रीड डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मार्दी, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस्तै विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ७.५४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन फाइनान्स उपसमूहको परिसूचक ६.७६ प्रतिशत बढेको छ। बैंकिङ्ग तथा जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : २८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ