७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्चमा रिट हाल्दै



काठमाडौं । पाँच विपक्षी दलले प्रतिनिधिसभा विघटन विरुद्ध आज सर्वोच्चमा रिट दर्ता गर्दैछन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा रिट दर्ता गर्न लागेका हुन् । त्यसका लागि आवश्यक सबै कागपत्र मिलाइसकिएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्दा पनि त्यसलाई अस्वीकार गरिएकाले सीधै प्रधानमन्त्री पदमा नियुक्तिको परमादेशको माग गर्दै रिट दर्ता हुन लागेको हो ।

रमेश लेखक, राधेश्याम अधिकारी, देव गुरूङ र उपेन्द्र यादवले परमादेश ड्राफ्ट तयार पारेका छन् । ड्राफ्ट तयार पार्न कानूनव्यवसायीरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधानले सहयोग गरेका छन् ।

बिहान १० देखि ११ बजेको बीचमा सर्वोच्चमा रिट दर्ता हुने भएको छ ।

यसअघि पाँच विपक्षी दलका शीर्ष नेता र सांसदहरु संसद भवन नयाँ वानेश्वरमा हिजो सामुहिक छलफल गरेका थिए ।

कांग्रेस, माओवादी, एमाले नेपाल पक्ष, जसपा र जनमोर्चाका शीर्ष नेताहरु र सांसदहरु संसद भवनमा भेला भएर सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए ।

 

 

 

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ८ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई