१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्चमा रिट हाल्दै



काठमाडौं । पाँच विपक्षी दलले प्रतिनिधिसभा विघटन विरुद्ध आज सर्वोच्चमा रिट दर्ता गर्दैछन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा रिट दर्ता गर्न लागेका हुन् । त्यसका लागि आवश्यक सबै कागपत्र मिलाइसकिएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्दा पनि त्यसलाई अस्वीकार गरिएकाले सीधै प्रधानमन्त्री पदमा नियुक्तिको परमादेशको माग गर्दै रिट दर्ता हुन लागेको हो ।

रमेश लेखक, राधेश्याम अधिकारी, देव गुरूङ र उपेन्द्र यादवले परमादेश ड्राफ्ट तयार पारेका छन् । ड्राफ्ट तयार पार्न कानूनव्यवसायीरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधानले सहयोग गरेका छन् ।

बिहान १० देखि ११ बजेको बीचमा सर्वोच्चमा रिट दर्ता हुने भएको छ ।

यसअघि पाँच विपक्षी दलका शीर्ष नेता र सांसदहरु संसद भवन नयाँ वानेश्वरमा हिजो सामुहिक छलफल गरेका थिए ।

कांग्रेस, माओवादी, एमाले नेपाल पक्ष, जसपा र जनमोर्चाका शीर्ष नेताहरु र सांसदहरु संसद भवनमा भेला भएर सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए ।

 

 

 

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ८ : ३५ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१