१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेपाल-खनाल पक्षीय सांसदहरु सिंहदरबारमा भेला, सर्वोच्चमा रिट हाल्न थप सांसदले गरे हस्ताक्षर



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न जानु अघि हस्ताक्षर गर्न बाँकी रहेका एमालेको माधव नेपाल पक्षधर सांसदहरुको हस्ताक्षर सुरु भएको छ ।

विपक्षी गठनबन्धनबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका नेपाल पक्षीय सांसदरुले सवोच्चमा रिट प्रयोजनका लागि हस्ताक्षर गर्न लागेका हुन् ।

हिजो एमालेका २१ सांसदले हस्ताक्षर गरिसकेका थिए । आज थप ९ जना सांसदको हस्ताक्षर आउने नेपाल पक्षले दाबी गरेको छ । अहिलेसम्म २४ जना सांसदले हस्ताक्षर गरिसकेको र काठमाडौं बाहिर रहेका केही सांसदहरुले वारेसनामा दिएको बताइएको छ ।

संसदको सार्वजनिक लेखा समितिको सभाकक्षमा नेपाल पक्षीय सांसदहरु भेला भएका छन् ।

बिहान १० देखि ११ बजेसम्म रिट दर्ता गर्ने योजनामा रहेका विपक्षी दलहरु अबको केहीबेरमा सर्वोच्च जाने तयारीमा लागेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेपाल पक्ष, जसपा उपेन्द्र बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका हुन्।

विपक्षी दलका सबै नेताहरु पनि सिंहदबार पुगेका छन् । त्यहीँबाट एकीकृत भै नेताहरु सर्वोच्च अदालत जाने योजना रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १२ : ०१ बजे

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र