१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

नेपाल-खनाल पक्षीय सांसदहरु सिंहदरबारमा भेला, सर्वोच्चमा रिट हाल्न थप सांसदले गरे हस्ताक्षर



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न जानु अघि हस्ताक्षर गर्न बाँकी रहेका एमालेको माधव नेपाल पक्षधर सांसदहरुको हस्ताक्षर सुरु भएको छ ।

विपक्षी गठनबन्धनबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका नेपाल पक्षीय सांसदरुले सवोच्चमा रिट प्रयोजनका लागि हस्ताक्षर गर्न लागेका हुन् ।

हिजो एमालेका २१ सांसदले हस्ताक्षर गरिसकेका थिए । आज थप ९ जना सांसदको हस्ताक्षर आउने नेपाल पक्षले दाबी गरेको छ । अहिलेसम्म २४ जना सांसदले हस्ताक्षर गरिसकेको र काठमाडौं बाहिर रहेका केही सांसदहरुले वारेसनामा दिएको बताइएको छ ।

संसदको सार्वजनिक लेखा समितिको सभाकक्षमा नेपाल पक्षीय सांसदहरु भेला भएका छन् ।

बिहान १० देखि ११ बजेसम्म रिट दर्ता गर्ने योजनामा रहेका विपक्षी दलहरु अबको केहीबेरमा सर्वोच्च जाने तयारीमा लागेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेपाल पक्ष, जसपा उपेन्द्र बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका हुन्।

विपक्षी दलका सबै नेताहरु पनि सिंहदबार पुगेका छन् । त्यहीँबाट एकीकृत भै नेताहरु सर्वोच्च अदालत जाने योजना रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १२ : ०१ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ