११ बैशाख २०८१, मंगलबार | April 23, 2024

अहंकारी प्रधानमन्त्रीका कारण पटकपटक अदालत धाउनु प-यो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटकपटक अदालत आउनुपरेको बताएका छन् ।

सर्वोच्च अदालतमा विपक्षी दलहरुको तर्फबाट रिट दायर गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक अदालत धाउनुपरेको बताएका हुन् ।

‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपर्‍यो, पटकपटक अदालत आउनु दुर्भाग्य हो’ उनले भने, ‘यस्तो संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन ।’

थापाले ५४ प्रतिशत सांसद सर्वोच्च अदालत आएका कारण अब सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए। थापाले अदालत आफैले केही महिना अघि गरेको व्याख्या र संविधानको अध्ययन गरेर फैसला गर्ने विश्वास व्यक्र गरे । अदालतप्रति आफुहरुको भरोसा भएको उनले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ३ : ३७ बजे

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।