९ पुस २०८२, बुधबार | December 24, 2025

मेडिकल माफियाका प्रमुख संरक्षक नै प्रधानमन्त्री ओली भएको डा. गोबिन्द केसीको आरोप



काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली मेडिकल माफियाका प्रमुख संरक्षक रहेको आरोप लगाएका छन् । बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिएको खबर सार्वजानिक भएलगत्तै विज्ञप्ति पठाउँदै डा. केसीले प्रस्तावित बीएण्डसी मेडिकल कलेज सञ्चालक प्रधानमन्त्रीको आर्थिक र राजनीतिक साझेदार रहेको आरोप समेत लगाएका छन् ।

द्वन्द्वग्रस्त मुलुक यमनमा रहेका डा. केसीले प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दूषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने कार्य गर्दै आएको आरोप लगाउँदै आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक नै प्रधानमन्त्री ओली भएको बताएका छन् ।

चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने भए पनि प्रधानमन्त्री ओलीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आशयपत्र नवीकरण पनि नगरेको जिकीर गरेका छन् ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनमा रहेको उललेख गर्दै बीएण्डसी कलेजलई जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ५ : १० बजे

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),

निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले